Index

 मानवताविरोधी क्रूर घटना "गौर हत्याकाण्ड"
 मृत्यु पछिको जीवन
 मृत्युसँग लडाइँ
 नक्कली ओभरसियरबाट ठगिएकी कल्पना
 राजधानीको मुटु स्युचाटारको चर्चित घटना
 विदेशमा गएर के गर्छन् नेपाली महिल
 निराशाको अनुभूति
 यात्राको सहयात्री
 व्यक्ति/व्यक्तित्व/कृतित्व

गिद्ध परेवाको युद्धभित्र रुमलिँदा

 विदेशको रोजगारभन्दा नेपालको गोलघर राम्रो
 विध्वंश भित्रको मानव
 विश्व सुन्दरीलाई शुभकामना
खेलाडीमा यौन क्रिडाको असर
एउटा जीवनको कथा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

एउटा जीवनको कथा

( रीता पुन मगर ँआँशु )

अर्को अझ दुःखलाग्दो कुरा के भने उसको क्रिया पनि कोही बसेन। घरमा बसोस् भने त्यागिसकेको माइतमा बसोस् भने विवाह भइसकेको यस्तो अवस्थामा बस्नुपर्दैन भनेर कोही बसेनछ।

जीवन जीउने क्रममा यहाँसम्म आइपुगिएछ। कतै आँशु कतै पीडा, कतै हाँसो कतै व्यथा आखिर जे-जति पीडा, दुःख परेतापनि आखिर मान्छेले सहनै पर्दोरहेछ।

जस्तो परिस्थिति आए पनि, आफूमाथि ठूलो बज्रपात भए पनि त्यसको सामना गर्नै पर्दोरहेछ।  अरुको भलो चिताउनेको आफ्नै बेहाल हुँदोरहेछ। अरुको हित चिताउनेको आफ्नै हृदय जल्दोरहेछ। अनि अरुलाई बुझाउनेको झन् आफ्नै मन रुँदोरहेछ।

खै ! कसरी लेखुँ ती वेदनाहरू, ती व्यथाहरू फेरि पनि यसरी झेल्नुपर्छ भनेर, आज एउटा घाउ निको नहुँदै फेरि अर्को घाउ बन्न पुग्यो। जुन चोट जसो-तसो बिर्सने कोसिस गर्दै थिएँ, फेरि पुरानो चोट ब्यूँझाइदियो मातृवियोगमा परेको यो मनको घाउ निको नहुँदै फेरि दिदीको वियोगमा जलिरहेछ यो मन, बाबु-आमाका जना छोराछोरीमध्ये मेरी दिदी जेठी थिई। उसको विवाह सानै उमेरमा इच्छा विपरीत ललाइ-फकाई भएको थियो, त्यसबेला नौ क्लासमा पढ्थी। विवाह भए पनि उनीहरूको राम्रो सम्बन्ध थिएन।

विवाह भएको गाउँमा जाँदा त्यहाँका केही आइमाईहरूले फकाएर उसलाई राजी गराएर भित्र्याइदिएछन्, तर आफ्नो लोग्नेसँग बोल्न के नजिक पनि पर्दैनथ्यो। यस्तै क्रममा विवाह भएको एक वर्षनहुँदै उसको लोग्नेले अर्को बिहे गर्यो त्यतिबेला देश क्लासमा पढ्थी, उसको मनमा नराम्रो छाप पर्यो अनि अदालतमा मुद्दा दियो फैसला पनि उसकै पक्षमा सुनुवाई भयो। उसले आफ्नो लोग्नेसँग डिभोर्स गरी माइतमै बस्न थाली पढ्न थाली।

जीवनमा समयभन्दा पहिला भाग्यभन्दा धेरै कहिल्यै केही पाइन्न रे। उसलाई पनि त्यस्तै भयो, पढ्ने अति चाहना। हुँदा पनि उसलाई भाग्यले कहिल्यै साथ दिएन, जति पल्ट परीक्षा दिए पनि हात लाग्यो शुन्य खै। विवाह पनि असफल भयो पढाइमा पनि असफलता यसै कारणले होकि उसको बानी पनि परिवर्तन हुँदै गयो झगडा गर्ने, रुने कराउने, कहिलेकाहिँ एकदम राम्रो कुरा गर्ने कहिले साह्रै रिसाउने, खाली ठूलो-ठूलो सपना देख्ने, यस्तो हुन्छ, उस्तो हुन्छ तर उसलाई गीत गाउने साह्रै ठूलोसपना थियो एउटी आदर्शको सिमानामा बाँधिएर बस्ने उसको ठूलो धोको थियो।

भगवानले उसको आदर्श अस्तित्वको रक्षा गरे तर उसको जीवनको लक्ष्य पूरा हुन दिएनन्। सायद आफ्नो भाग्यमा यति नै मात्र लेखेर आएकी रहिछ क्यार। जीवनमा जति संघर्ष, जति पीडा, त्याग गरेपछि आखिर केही सीप लागेन। जति भाग्यमा लेखेको , त्यति मात्रै भोग गर्न पाइन्छ रे। आफ्नो पहिलो विवाह असफल भए पनि पुनर्विवाहमा कहिल्यै राजी भएन। एकैचोटी ठूलो मान्छे बन्ने सपना बाहेक उसको दिमागमा अरु केही थिएन, त्यसैको लागि राजधानीमा संघर्ष गर्दै थिई तर थाहा नपाई उसको शरीरमा रोगले बास जमाएछ, जति जँचाए पनि, जति औषधि खाए पनि सञ्चो भएन झन् रोग बढ्दो रह्यो। वीर हस्पिटलमा / दिन भर्ना पश्चात् घरमा ल्याइयो। वीर हस्टिपलले ब्लडको मात्रा कम रहेकोले ब्लड हाल्नुपर्ने भनेकाले दुई पाउन्ड ब्लड दिइएको थियो। ब्लड दिएपछि धेरै परिवर्तन भएको रहेछ। सुतेर हिँड्नै नसक्ने मान्छे गौंडाकोटबाट हिँडेर घरमा आइपुगेछ। घरमा आएर यताउती माथि सुकेको, कम्मरदेखि तर पुरै फुकेको थियो। तर रोग के हो भनेर हामीलाई केही थाहा भएन।

घरमा आएको एक हप्तापछि तम्घास आई। यहाँ आएपछि आयुर्वेद कहाँ देखायौं त्यहाँ ग्याष्ट्रिक भन्यो १५ सयको औषधि मिसाइदियो। त्यो औषधिले पनि काम गरेन, त्यसपछि लामा झाँक्रीलाई देखायौं। केही सीप लागेन। त्यो एक्काइसौं शताब्दी आइपुग्दा पनि लामा-झाँक्री देखाउने परम्परा हाम्रो गाउँघरमा हटेको छैन। जहाँ-जता पनि रोग सञ्चो पार्ने भन्दा पैसा असुल्ने मात्रै भयो। तर रोग के हो ? भन्ने पत्ता लागेन। एकपल्ट बुटवल लैजाने कुरो भयो बुटवल पनि लगें। खत्री मेडिकलमा देखाएँ। त्यहाँ टि.बी.को शंका गर्यो औषधि दियो, औषधि आठ महिना खानुपर्छ