10.0pt; font-family: Mangal; color: #003366"> २०४७ को सेरो फेरोमा लेखिएको उक्त कविताले रामसञ्जेलमा २०४७ अघि वाटै देशप्रेमको भावना छचल्किएको स्पष्ट हुन्छ। प्रस्तुत कविता संग्रहमा संग्रहित देश मन्दिर वन्न सक्छ। इराक र कुवेत, माटो मै जिउछौं, माटो मै मर्र्छौ जस्ता कविता देश प्रतिको मायाले ओतप्रोत छन्।
कवितासंग्रह कै भूमिका लेख्ने क्रममा लव गाउलेले कवि सञ्जेललाई 'सन्तुष्ट जिवन वाचिरहेका' भनि मूल्यांकन गर्नु भएको छ। नभन्दै कवि सञ्जेलले कवितामा अन्याय अत्यचार र थिचो मिचो प्रति आक्रोश व्यक्त गरेपनि संझौता, शान्ति र मित्रताको वोली वोलेका छन्। राजनीतिक भाषामा भन्नुपर्दा कवि सञ्जेलको चिन्तनमा 'संम्झौतावादी र आत्मसमर्पणवादी' गन्ध पाइन्छ। यसले अन्तत साहित्यको अग्रगामी धारलाई मत्थर पार्ने काम मात्र गर्दछ। यो कवि सञ्जेलको औल्याउन लायक नकारात्मक पक्ष हो।
प्रस्तुत कविता संग्रहमा सिद्धिचरण श्रेष्ठ र लव गाउलेका अतिरित्त केशवराज देवकोटा, मथुरा केसी र कृष्णप्रसाद गौतमका कवि सञ्जेल प्रतिका टिप्पणिहरू पनि समावेश छन्। जसले कवि सञ्जेलका वारेमा विभिन्न कोणबाट मूल्यांकन गर्ने प्रयास गरेका छन्। कवि सञ्जेलको साहित्य यात्रा २०२८ सालमा गारखापत्रमा प्रकाशित 'हामी बालक' कविताबाट शुरु भएको देखिन्छ। १२ वर्षकै उमेरदेखि उहाँमा साहित्यिक पालुवा पलाउनु हुने विरुवाको चिल्लो पात नै हो। रामसञ्जेलले ज्वाला शर्मा, विद्रोही जस्ता साहित्यिक उपनाम छनौट गरेवाट पनि उहाँमा सानै देखि सामाजिक कुसंस्कार, शोषण, दमन र अन्याय अत्यचार विरुद्ध विद्रोहको भावना जागृत भएको देखिन्छ। कवि सञ्जेलका हालसम्म सातवटा कविता संग्रह प्रकाशित भैसकेका छन्। २०३७ सालमा प्रकाशित 'रामचन्द्र शर्माका कविता' देखि २०६४मा प्रकाशित 'गिद्ध र परेवाको युद्ध' सम्मका कविता संग्रहको अवलोकन गर्ने हो भने कवि सञ्जेलमा आएको परिवर्तनलाई सजिलै अनुभूति गर्न सकिन्छ।
४७ वसन्त पार गरिसकेका कवि सञ्जेलले विचार पक्षमा ध्यान दिने हो र अग्रगामी चिन्तनधारालाई अंगाल्ने हो भने उहाँको साहित्य साधनमा अझ मौलाउने, फल्ने फुल्ने र देशका लागि योगदान दिन सक्ने निश्चित छ। साहित्य समाजको ऐना हो। समाजलाई राजनीतिले प्रभाव पारिरहेको हुन्छ। नेपालको राजनीतिक क्षितिज धुमिलो छ। त्यसैले सञ्चारकर्मीहरू पनि 'कुहिरोको काग' झै अल्मलिएका छन्। कवि सञ्जेलका कवितामा पनि सामाजिक अन्योलताको छाप परेको। यसलाई हटाएर उहाँले साहित्य मार्फ समाजलाई स्पष्ट दिशा दिन सक्नु पर्दछ।
| |
| ? Copyright 2007 Janasamachar |