Index

 मानवताविरोधी क्रूर घटना "गौर हत्याकाण्ड"
 मृत्यु पछिको जीवन
 मृत्युसँग लडाइँ
 नक्कली ओभरसियरबाट ठगिएकी कल्पना
 राजधानीको मुटु स्युचाटारको चर्चित घटना
 विदेशमा गएर के गर्छन् नेपाली महिल
 निराशाको अनुभूति
 यात्राको सहयात्री
 व्यक्ति/व्यक्तित्व/कृतित्व

गिद्ध परेवाको युद्धभित्र रुमलिँदा

 विदेशको रोजगारभन्दा नेपालको गोलघर राम्रो
 विध्वंश भित्रको मानव
 विश्व सुन्दरीलाई शुभकामना
खेलाडीमा यौन क्रिडाको असर
एउटा जीवनको कथा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

वनमा लगेर छोरीमाथि बलात्कार

राजकुमार कार्की

छोरा-छोरीका निम्ति बाबु सबभन्दा प्रिय, सबभन्दा ठूलो आस्था श्रद्धा ममतावान हुन्। बाबु-बिनाका छोराछोरी एक प्रकारका टुहुरा नै हुन्छन्। त्यही बाबुले आफ्ना बढेका छोरीलाई बलात्कार गर्छ अन्य शारीरिक दुःख दिन्छ शोषण गर्छ भने अब त्यस्ता निरीह व्यक्तिहरू अथवा त्यस्ता छोरीहरू कहाँ जाने ? कसलाई आफ्नो भन्ने ? कसको सहारा लिने ? यस्तै आफ्नै बाबुले आफ्ना बढेका छोरीहरूलाई बलात्कार गर्ने घट्ना हाम्रै नेपालमा पनि पटक-पटक दोहोरिने-तेहेरिने रहेका छन्।

फेरि यस्तै घट्ना घट्यो प्यूठान जिल्लाको भिंगृ गाउँ विकास समितिमा।वनमा दाउरा काट्न गएको बेलामा बाबुले आफ्नै १५ वर्षीया छोरीलाई वनमै बलात्कार गरेका हुन्। हाल ती दुष्ट यौन पिपाशु बाबुको छोरी स्थानीय युवा क्लबको सहारामा रहेकी थिइन्। बाबुले दाउरा लिन आफूसँगै वनमा लिएर गई जबर्जस्ती बलात्कार गरेपछि अब त्यो बाबुको घरमा बस्न असुरक्षाको महसुस गरेपछि ती बालिकालाई युवा क्लबले जिल्ला प्रहरी कार्यालय प्यूठानमा पुर्याइएको थियो।

छोरी बलात्कार गर्ने बाबु गुच्छे गन्दर्भ भने ०६३ माघ गतेसम्म फरार रहेको थियो। बाबु फेला नपरेसम्म घर जान्न भनी बालिका सदरमुकाममै बस्दै आएकी थिइन्। उनका बाबुले उनकी आमालाई यसरी नै यौनशोषण गर्ने कुटपिट गर्ने, दिनहुँ यसरी नै प्रताडित गर्ने गरेको उनी बताउँछिन्। उनी भन्छिन्- मेरो त्यो राक्षसी यौन पिपाशु बाबुलाई ल्याएर चिसो छिँडीमा थुनेपछि मात्र घर जान्छु, नत्र जान्न। यसरी अहिले नै मलाई भेट्टायो भने त्यसले मलाई मार्छ।

गरिबीको कारण पढ-लेख गर्न नपाएको उनी भन्छिन्, मैले यो लुगा पनि साथीको लगाएर आएकी छु। उनी सदरमुकाम आउँदा उनको साथमा जम्माजम्मी २० रूपैयाँ मात्र थियो। उनलाई सबैले सहयोग पुर्याउनपर्ने कुरा उनको मुद्दा हेर्ने कानुन व्यवसायी मेघराज भट्टको रहेको छ। २०६३ साल माघ गते नयाँ कोतपर्व मध्यान्हकालीनमा सो किशोरीको समाचार छापिएको थियो। त्यसपछि के भयो हामीले हाम्रा प्यूठानका संवाददातासित पूर्ण कथालाई अनुरोध गरेका छौं, सो आएपछि फेरि पूर्ण कथा प्रकाशित गरिने नै छ। निज किशोरीको अस्मिताको कारण हामीले नाम छापेनौं। यस्तो निरीहलाई सम्पूर्ण नागरिक समाज, सरकारले पनि आर्थिक समेतले हेरी आत्मनिर्भर बनाउनपर्ने देखिन्छ।

 

? Copyright 2007 Janasamachar