|
विश्व सुन्दरीलाई शुभकामना ( जुलिया क्लिन्टन ) उन्नुरको परिचयः वर्ष२००५ की मिस वर्ल्ड उन्नुर विर्ना पार्टटाइम प्रहरी अधिकृतका रूपमा काम गरिरहेकी छिन्। तर उनी भविष्यमा वकिल बन्न चाहन्छिन्। २१ वर्षीय उन्नुर मानवशास्त्र तथा कानुनकी छात्रा समेत हुन्। आइसल्यान्डको राजधानी रेडयेविकमा जन्मिएकी उन्नुरको शौख भने संगीतमा छ। उनी राम्रो पियानो बादक हुन्। अभिनय गर्नु, नृत्य गर्नु, हिउँमा चिप्लेटी खेल्नु उनको सौख हो। उन्नुर आफूलाई व्यवस्थित, महत्वाकांक्षी तथा पहिहास प्रिय बताइँछिन्। उन्नुरको सफलता सुन्दरी हुनु, त्यसमा पनि विश्व सुन्दरी हुनु अतुलनीय सफलता हो। त्यो सफलता प्राप्त गरेकी थिइन्ः आइसल्यान्डकी सुन्दर उन्नुर बिर्नाले। उन्नुर बिर्ना सन् २००५ को विश्व सुन्दरी भएकी थिइन्। उन्नुरले आफ्ना १०२ जना प्रतिस्पर्धीहरूलाई पाखा लगाउँदै विश्व सुन्दरीको ताज पहिरिन सफल भएकी थिइन्। उन्नुरलाई शुभकामना चीनको सान्या शहरमा २००५ मा भएको मिस वर्ल्ड प्रतियोगिताको अन्तिम चरणमा पुगेको छ सुन्दरी मध्ये मिस वर्ल्डको रूपमा आफ्नो नाम घोषणा हुँदा ५ फीट ८ इन्च अग्ली उन्नुरका आँखा रसाएका थिए। खुशीको आँसु बगाउँदै भावविह्वल उन्नुरले भनेकी थिइन्। 'मैले यो सफलता प्राप्त गर्छु भन्ने अनुमान समेत गरेकी थिइन्। मैले आमाको सपना साकार पार्न पाउँदा निक्कै खुशी छु।' वास्तवमा उन्नुरले ठूलो उपलब्धि हासिल गरेकी थिइन्। उनी प्रति उनको आमा मात्र होइन- नेपाल आमा लगायत विश्व सन्देशका पाठक पनि कृतज्ञ छन्। विश्व सुन्दरी उन्नुर बिर्नालाई शुभकामना...। -मिलन आफन्तको 'आफन्त सन्देश' छिट्टै बजारमा आउँदै, प्रतिक्षा गर्नुहोला।)
|
|||||||||||||||||||||||||||||
| |
| ? Copyright 2007 Janasamachar |