|
तै पनि म उनीहरूलाई घाँस र खोले दिन अवश्य सक्दिन। देशको उत्तरमा रहेको सेता हिमाली हिउँ चुचुराहरूबाट पग्लेर आफ्नो बेदना पोख्दै झरिरहेका छन्। पहाडी खोला-नाला ढुङ्गाहरू चट्टानहरूमा ठक्कर खाँदै समुद्रको अपेक्षामा दगुरिरहेका छन्। ठूलठूला समुद्रहरू मानव वस्तीको विनास गर्दै आफ्नो गन्तव्यतिर उर्लंदै गइरहेछन्। डाँडापारिको माने भञ्ज्याङले गैह्री खेतसँग मितेरी लाएको छ। ठूल-ठूला पहाडको कङ्क्रिटमा ऐंजेरु टुसाएको छ। तैपनि हिंस्रक प्रकृतिले मानव समाजलाई रुवाएको छ। मानिसलाई विज्ञानले दिएको यान्त्रिक मेसिनगन र बमबारीले उच्च सिमा नर्घाई तँछाड-मछाडको होडबाजीमा तिलमिलाएको छ। पल्लाघरकी पुन्टेकी आमा पँधेरोमा पानी लिन गएकी छ। माथ्लो घरको चमेली र भँगेरी चौरी जङ्गलमा गाई बाख्रा चराउन गएका छन्। पाखा घरे ठूले चुरे डाँडामा काठ दाउरा लिन गएको छ। सबै आ-आफ्ना परिवेश र काममा व्यस्त छन्। तर उनीहरूलाई के थाहा भरे मुसलधारे पानी पर्छ। पहिरोले चमेली र भंगेरीको घरबार विनास बनाउँछ भन्ने कुरा। हामीलाई थाहा छ प्रसुतीको पीडा पेटभित्रको बालकलाई के थाहा हुन्छ र ! जति आमालाई थाहा हुन्छ। यस्ता अनुभूति र पीडा त सबैलाई थाहा हुन्छ। तर दुःख पीडामा परेका व्यक्तिहरूको छट्पटी, दुःख, व्यथा कसैले बुझेको पाइँदैन। यदाकदा हामीले सुन्ने गर्र्छौ फलानाको छोरो वा छोरी जन्म्यो ऐ फलानो त मर्यो रे। विश्वका मानव जातिले भोग्दै आएका र प्रकृतिले असह्य रूपमा मानवहरूलाई दिएको दुःख, पीडा र बरबरी पूर्ण व्यथामा सीमित रही यो लेखकले यहाँ आफ्नो छोटो कथा लेख्न तपाईं प्रकृतिसँग अनुमति माग्दछ। विश्वमा हरेक वर्षहरेक किसिमका घटनाहरू घटी नै रहेका हुन्छन्। यी घटनाहरू हरेक किसिम र फरक प्रकारका हुन्छन्। के घटना हुनु आफैंमा राम्रो हो त ? पक्कै होइन। जहाँसम्म समाज र परिवारमा हुने घटना र तिनका प्रकृति स्वाभाविक रूपले फरक-फरक भए गरेको पाइन्छ। त्यसमा पनि क्षणिक लोभ र पापले मानवीय हत्या बढी भएको देखिन्छ। यो पनि झट्ट रिसको आवेगमा आएर गरिने छिटो छरितो प्रकृतिले गरिने हत्या जस्तै हो। नेपाल जस्तो अविकसित मुलुकमा घट्ने घटना भिन्न छ। किनभने यो अशिक्षित, गरिबी, दाइजो, लेनदेन जस्तै प्रमुख भूमिकामा आधारित भएको पाइन्छ। २१ औं शताब्दीको अन्तिमसम्ममा पनि नेपाली जनताले भोग्दै आएको गरिबी त्यसले उब्जाएको शिक्षाको उज्यालो ज्योतिबाट आफू टाढा रहनुलाई पनि यसको ज्वलन्त उदाहरण लिन सकिन्छ। तसर्थ नेपाली जनतामा गरिबीका कारण बिहान-बेलुका हात मुख जोड्ने श्रोतका अभावले परिवारबीच एक आपसमा दर्रि्रताको भोको पेटबाट निस्कने बिष्फोटन नै यस समाजमा घट्ने घटना होइन भन्न नसकिएला। फलस्वरूप हृदयका कन्दनबाट उर्लने तनावमुखी दानवीय ज्वाला नै मानव मानवबीचको हत्या हो। यस संसारमा परमात्माले मानव जातिलाई संसारकै उच्चश्रेणी र विशिष्टताको दर्जामा राखेको पाइएतापनि विवेकमा शून्यता र अहम् छाएपछि ईश्वरको पनि के लाग्छ र ? हाम्रो समाजमा आफूलाई उच्च घरानियाका खानदान हुँ भन्ने देखि लिएर निम्न स्तरका हातमुख जोड्ने मध्यम वर्गीय परिवारमा समेत दाइजो प्रथाका विसंगतिले निम्त्याएको जगन्य हत्या पनि के प्रकृतिले पृथ्वीबासीलाई दिएको सानो सौगात त हैन। त्यसैले प्रकृतिका हत्याका फरक-फरक रूप हुन भन्न अत्युक्ति नहोला। किनभने आज विश्वमा मानव जाति र प्रकृतिबीच एउटा गहिरो र गाढा सम्बन्ध हुँदाहुँदै पनि न मुटुले खप्नै नसक्ने करेन्टरूपी घट्ना किन आई पर्दछ। खासै भन्ने हो भने यसको जवाफ कुनै मानवसँग नहोला। आज विश्वको कुनै पनि समुदायमै प्रकृति प्रकोपको हत्याबाट अछुत राष्ट्र कुनै पनि नहोला। निहालेर हेर्दा नजिकैको मित्रराष्ट्र चीनमा हरेक वर्षहुने कोइलाखानी र बाढीपीडितबाट सयौं मानिसहरूको नरसंहार पनि लिन सकिन्छ। त्यस्तै इन्डोनेसियामा २६ डिसेम्बरमा आएको सुनामी नाम दिएको महाभूकम्पले पनि १२ राष्ट्रका करिब २ लाख ७५ हजार निर्दोष मानवहरूको ज्यान | ||||||||