|
मानिसले एक अर्कोलाई चिन्ह सक्ने, बुझ्न सक्ने र सम्बन्ध स्थापित गर्नसक्ने भएकोले सामाजिक सभ्यता र संस्कृति चलिरहेको छ। तर मानवको रूप भएका र दानव व्यवहार गर्ने गुण भएका प्राणी पनि मानिस नै निस्केका छन्। यस संसारमा मानिस सर्वोत्कृष्ट प्राणि भएर पनि मानिसको दिन र मन सधैंभरि एकै प्रकारको हुन्न कहिले यो मन हाँसिखुशी, दुःखसुख सबैभन्दा नजिकको साथी बन्दछ भने कहिले यो मन सबैभन्दा घृणित र संसारको कुनै प्राणीले सुन्न नचाहने कार्य समेत गर्न पुग्छ।
आज २१ औं शताब्दीमा प्रवेश गरिसके पनि विश्वमा कल्पनाको स्वर्गको निर्माण भइसके पनि यही संसारको मानव जातिहरू सभ्यता संस्कृति, आफन्त सबै बिर्सी कठोर जघन्य अपराध गर्न पुग्छ। यो व्यथा यस्तै एउटा नाबालिकामाथि दानवीय र घृणित व्यवहार गरेको सत्य कथा हो। मिति २०६३/३/१३ गतेका दिन जिप्रका धनुषाको प्रउ विज्ञानराज शर्मा कार्यालय कक्षमा बसिराख्नुभएको थियो सोही समयमा जिल्ला पाँचथर रानी गाउँ गाविस वडा नं. ४ घर भई हाल जिल्ला धनुषा ढल्केबर गाविस वडा नं. ३ मा डेरा गरी बस्ने तारा खड्काले आफ्नो वर्ष९ की छोरी पार्वती खड्कालाई साथमा लिई जबर्जस्ती करणी मुद्दाको जाहेरी दर्खास्त लिई प्र.उ. समक्ष आई रुँदै जाहेरी दर्खास्त दिइन्। प्रउले जाहेरी दर्खास्त अध्ययन गरेपछि तुरुन्त प्र.नि. वसन्त विक्रम राणालाई बोलाई प्रतिवादी पक्राउ गरी घटनाको अनुसन्धान गर्न आदेश दिनुभयो। प्र.नि. राणाले प्रसनी विश्व विक, मप्रसनि सुभद्रा आले, प्रह विगन राय यादव, प्रह श्रीराम यादव, प्रह मेहरमान अधिकारी, प्रज सुरेन्द्र केसी समेतको अनुन्धान टोली गठन गरी प्रतिवादी मोहन खड्कालाई पक्राउ गर्न लागिपर्नु भयो। अपराधिले अपराध गरेपछि कहाँ लुक्न सक्छ र आखिरमा अनुसन्धान टोलीले सोही दिन प्रतिवादी मोहन खड्कालाई पक्राउ गरेर छाडेको प्रतिवादीलाई पक्राउ गरेपछि प्रतिवादी मोहन खड्का र पीडित वर्ष९ कि पार्वती खड्कालाई परीक्षणको लागि जनकपुर अञ्चल अस्पतालमा लगी परीक्षण गराउनुभयो। अनुसन्धानको क्रममा प्रतिवादी मोहन खड्कालाई प्रहरी हिरासतमा राखि अनुसन्धान गर्न धनुषा जिल्ला अदालतबाट अनुमति लिई घटनासँग सम्बन्धित सबुत प्रमाण खोज्न लाग्नुभयो प्र.नि.ले। प्रनिले प्रतिवादी मोहन खड्कालाई जिल्ला सरकारी वकिल कार्यालय धनुषाका सहायक जिल्ला न्यायाधिवक्ता मणिराम न्यौपाने समक्ष उपस्थित गराई के कसरी घटना घटाउनुभएको हो भन्नुस् त भनी के भन्नुभएको थियो प्रतिवादी मोहन खड्काले आँखाबाट आँशु झार्दै आफूले गरेको अपराधको पश्चाताप गर्दै बयान दिन थाल्यो। तारा खड्काको पहिला विवाह जिल्ला झापा धुलाबारी गाविस बस्ने लालबहादुर कार्कीसँग भएको थियो। तारा खड्काको ४ छोरीको जाय जन्म भएको थियो। लालबहादुर कार्की ५ वर्षअगाडि आफ्नो कालगतिले मृत्यु भएको थियो। श्रीमान्को मृत्यु पश्चात् तारा खड्काको मोहन खड्कासँग भेटघाट भयो। मोहन खड्काको पनि श्रीमतीको मृत्यु भइसकेको थियो। मोहन खड्काको पनि श्रीमतीको मृत्यु भइसकेको र यता तारा खड्काको पनि श्रीमान्को मृत्यु भइसकेकोमा दुवैजना श्रीमान् श्रीमतीको माया विहीन थियो। एक अर्कामा दुवैजनाबीच भेटघाट भएपछि आ-आफ्नो परिचय आदान-प्रदान गरी चिनजान गर्दा दुवैजना बीच माया बढ्दै गयो। 'के खोज्छस् कानो पायो दुइटै आँखो' भने जस्तो श्रीमान् श्रीमती बिनाको दुवैजना एक आपसमा सहारा पाउने, दुःखसुखमा साथ निभाउने बाचा गरी दुवैजनाले दोस्रो विवाह गर्यो। विवाह गरेपछि तारा खड्काले कान्छी छोरी वर्ष९ की पार्वती कार्कीलाई आफ्नो साथमा नै राखी श्रीमान् मोहन खड्काको साथमा श्रीमान् श्रीमती भई दाम्पत्य जीवन बिताउन थाल्यो। मोहन खड्का घर बनाउने (राजमिस्त्री) को काम गर्दथ्यो। कामको खोजी गर्दै मोहन खड्का जिल्ला धनुषा गाविस ढल्केबर वार्ड नं. ३ मा आई डेरा गरी बसी तारा खड्का र पार्वती कार्कीलाई साथमा राख्न | ||||||||