r: #003366"> केटीहरू साहुको ऋण नै नतिरी भागेका थिए।
त्यस्तै पूर्वी तराई जिल्ला उदयपुरकी समिता -नाम परिवर्तन) ले २०५६ सालमा बौद्ध फैकास्थित पञ्चकन्या नजिक रहेको गोविन्द साहुको कारखानामा बसेर सर्लाहीका तामाङ थरको केटाको गर्भ बोकेकी थिइन्। पैसा मार्फ काम गर्ने समिता गर्भ बोकेपछि तामाङसँग बाध्यात्मक रूपमा विवाह गर्न पुगेका थिए। तर सो केटाले भने यो मेरो गर्भ होइन भन्दै कुट्दै राखेका थिए। तर पछि घरबाट दाजु आई त्यतिबेला कानुनी नपाएको गर्भपतनले बाध्यतावश दाजुले पैसा दिएर एक बृद्धसँग विवाह गराइदिएका थिए। हाल तिनीहरू दुःख-सुख जीवन बिताइरहेका छन्। त्यस्तै अर्को पूजा राई -नाम परिवर्तन) को पनि हाल उस्तै छ। सानै उमेरमा विवाह गरेका कारण पछि लोग्नेले कुट्ने गरेका कारण खोटाङबाट भागेर काठमाडौंको धापासीमा गलैंचा बुन्न थालेकी थिइन्।
कारखानाको मेनेजरसँग हिमचिम बढेपछि विवाह गर्न पुगेकी पूजाले छोरा जन्माइन्। छोरा जन्मेपछि ती मेनेजर फरार रहेका छन् हाल उनी १० वर्षको छोरासँग बौद्धको एक कारखानामा क्रिश्चियन धर्म लिई विगतका गल्तिहरू सम्झिँँदै बाँचिरहेकी छन्। गलैंचा कारखानामा कार्यरत मजदूरहरूलाई जति बाहिरको मान्छेहरूले घृणा गर्छन् त्यत्तिकै रूपमा आफ्नै घरमा पनि घृणाको दृष्टिले हेरिने गर्छ। यदि विवाह गर्ने हो भने गलैंचा बुन्न जानुपर्छ जति पनि पाइन्छ भन्ने मानसिकता बोक्ने हाम्रा अभिभावकलाई हामीले गतिलो जवाफ दिन सकेका छैनौं भन्छन् हेटौंडा ठिङगन गाविस रातमाटेका सुमन लामा एउटा बिराउने साखा पिराउने भन्ने उक्तिसँग हामी कति टाढा छैनौं, गर्नेले त मोजमस्ती गरे हामीलाई पनि त्यही घृणित दर्जामा राख्दा हाम्रो व्यक्तित्व, पारिवारिक क्षेत्रमा आँच पुग्ने गरेका छन्। कराँतेको ब्लाक बेल्ट रहेका सुमन लामा भन्छन्। त्यसो त गलैंचा कारखानामा कार्यरत मजदूरहरूको हकहित र चेतनाको बारे विभिन्न संघसंस्थाहरूले पहल नगरेको होइन। जस्तै गलैंचा यूनियन, नेपाल गलैंचा मजदूर संगठन रङ्गमार्क फाउन्डेशनले। पछिल्लोपटक अखिल नेपाल गलैंचा मजदूर संगठनले पनि चेतनामूलक कार्यक्रमहरू ल्याएका छन्। सुमन लामा बताउँछन्। वास्तवमा संगठनले हामीलाई राहत कहिल्यै दिएको छैन बरु कहिले सेमिनार कहिले धर्ना भनेर दुःख दिने गरेका छन्।
सुमन लामा बताउँछन्। एकपटक संगठनको अध्यक्षको जिम्मेवारी बहन गरिसकेका सुमन कामभन्दा धेरै दुःख गर्नुपर्ने र समय अभावको कारण अध्यक्ष पदबाट राजीनामा दिएको बताउँछन्। वास्तवमा नै हो। देशको एक प्रमुख रोजगारको बाटो गलैंचा कारखानालाई सम्बन्धित निकायहरूको ध्यान पुग्न आवश्यक रहेको छ। अन्तर्राष्ट्रिय बजारमा नेपाली गलैंचाको राम्रै स्थान भए पनि अर्थात् देशको प्रमुख आयस्रँेत भए पनि गलैंचा मजदुहरूले भने साहुबाट पैसा थोरी पाउने र त्यही पनि भनेको बेलामा नपाउने त छँदैछ। त्यसमाथि अस्तव्यस्त जीवन गुजारिरहेका छन्। यस्तै दुःख र पीडाको बाबजुद मजदूरहरू पैसाको लागि जे पनि गर्न तयार बन्नु परेको छ। एक दुईले रहर र मोजले गरेका होलान् तर बाँकीले अभावमा पिल्सिएर गरिबीको कारण त्यस्ता अवैध धन्दाहरू गर्न पुगेका छन्। त्यसरी अवैध र अनैतिक कार्यबाट डरलाग्दो रोगबाट पनि त्यति नै त्रसित हुनुपर्छ भने आफूबाट जन्मेका सन्तानको भविष्य पनि त्यत्तिकै विजोग हुन्छ। भोलि ती बच्चाहरूले बाउ भनेर कहाँ खोज्न जाने ? यस्तै अर्को घटना प्रस्तुत गर्न चाहन्छु। दोलखा घर बताउने सानु बहिनीको पीडा कम दुःख लाग्दो छैन। प्रत्यक्ष मैले भेटेर कुरा गर्ने अवसर पाएको थिएँ। जोरपाटीको कारखानामा गलैंचा बुन्ने सानुले घरबाट बुबा पैसा लिन आउनुभयो तर मसँग पैसा थिएन। बुबा १२ दिन जति बस्नुभयो। मैले पैसा खोजें तर कहीँ पाउन सकिन। अन्त्यमा पैसाको लागि त्यही कारखानाको मास्टरसँग यौन सम्पर्क गर्न पुगें। त्यसपछि ती मास्टर भनाउँदाले ऋण भनेर २५०० दियो र बुबालाई घर पठाएँ। त्यो बेलाको हाल जसोतसो टारे। तर मैले ती मास्टरसँग बत्ति (लाइन) जाने बित्तिकै ऊसँग यौनसम्पर्क गर्नुपर्दथ्यो। उसकी श्रीमतीबाट मैले कुटाई पनि खानुपर्यो।
करिब २ वर्ष मैले २५०० पैसा तिर्नलाई ऊसँग यौनसम्पर्क गर्नुपर्यो। एकपटक उसकी श्रीमती माइत गएको बेला कोठामा ब्लु फिल्म ल्याएर मैले फिल्मको जस्तै गरी पनि अर्थात् उसले जे भन्यो त्यही गर्नुपर्ने र ऊ मसँग यौन सन्तुष्टि लिन्थ्यो। त्यति मात्र नभएर उसको लिङ्ग पनि चुस्नुपथ्र्यो। भोलिपल्ट पनि उसले त्यस्तै फिल्म ल्याएको रहेछ साथै दुईजना केटा पनि। तिनीहरूले मलाई रातभरि भोगे। नयाँ केटाहरूले रु. ५० दिएका