e kh
|
त्यतिबेला पनि सरकारले सत्ता जोगाउन घर-घरै, चोटा र कोठामा पुगेर मान्छे मार्यो। उपत्यकामा माओवादीबाट भन्दा बढी सरकारबाट नेपाली नागरिकहरू त्रसित बने।
व्यापक दमन गर्यो सरकारी सैनिकले भने अन्य ठाउँमा जो बलियो छ त्यसैले दमन गर्यो। तर दुःख नेपाली नागरिकले पाए। गत वर्ष सम्पूर्ण राजनीति पार्टी र माओवादी समेत मिलेर आन्दोलन गरेर त्यो आन्दोलन सफल भयो। लोकतन्त्र आएको पनि अब वर्ष दिन हुन लागिसकेको छ। घाउ नै घाउ भएका नेपाली नागरिकको लागि दल र सरकारले कुनै मलमपट्टि गरेका छैनन्। गरिब नागरिकलाई राहत दिने कामको लागि त माखो पनि मारिएको छैन। यतिबेला नेकपा माओवादी समेत अन्य दल खासगरी बामपन्थी सबै दलहरू सरकारमा छन्। कम्युनिष्टकै नेता भूमि मन्त्री पनि छन्। विडम्बना जोत्नेलाई जमिन दिएर उत्पादन बढी गरी गरिबी घटाउन पर्नेमा सरकारबाटै तल्सिङ्ग र मोहीको जग्गा छुट्टाएर झनै गरिबलाई गरिब बनाउने काम भइरहेको छ। उता क्रान्तिकारी भूमिसुधारको पनि कहिलेकाहिँ भाषण गर्छन् बामपन्थी नेताहरू। जे जस्तो भाषण गरे पनि अब यिनीहरूले पनि गरिब उकास्ने काम गर्दैनन् भन्ने पूर्ण विश्वास गरिसके नेपाली नागरिकहरूले। एकातिर संविधानसभाको चुनावमा जाँदैछन् भने अर्कोतिर गरिब नागरिकलाई राहत दिने कुनै काम गर्न सकेका छैनन् वा गरेका छैनन्। यस्तो अवस्थामा नेपाली जनताले कसलाई साथ दिन्छन् भन्ने कुरा ठोकुवा गर्न सक्ने ठाउँ छैन।
सायद यही काम गर्न नसक्नुको परिणाम हुन सक्छ रौतहट घट्ना पनि। यो पनि हुन सक्छ- मधिशे र पहाडियालाई भट्काएर देशैलाई खत्तम बनाउने ! जसरी रौतहटमा मान्छे मारियो त्यो घट्ना असुरहरूले मात्र गर्ने घटना हो। लडाइँमा दुवैतिरबाट बन्दुक चल्नु, दुवैपट्टिका मान्छेहरू मर्नु, यसलाई लडाइँ मान्नुपर्दछ। तर यहाँ त ६-८ किलोमिटरसम्म मान्छेलाई खेदेर मारिएको छ, त्यसलाई के भन्ने ? लाठी, भाला लिएर जुलुश गर्ने कुरा पहिल्यै राज्यलाई थाहा थियो। विडम्बना- किन राज्यले हतियार समेत लिएर कार्यक्रम गर्न दियो ? किन रोकेन ? धेरै छन् सवालहरू, छैनन् कतै जवाफहरू। अब विस्तार यो घट्ना पनि सेलाउँदै जान्छ। गरिब, महागरिब बन्दैछन्, धनी महाधनि बन्दैछन्। यस्तो अवस्थामा समानताको भाषण गर्ने नेताहरूले डाडुमा पानी तताएर मरे हुन्छ। राज्यमा विद्रोह छ- घट्दो छैन। किनभने यति व्यापक रूपमा असमानता बढ्यो कि त्यसको कुनै लेखाजोखा छैन। जोत्नेले जमिन पाउँदैनन्- प्राडोमा हिँड्नेको हजारौंहजार विगाहा जमिन छ। तस्कर, सामन्तीका हजारौं हवेली छन्, तर गरिबको वर्षा छल्ने झुपडी छैन। अनि कसरी हुन्छ सन्तुलन ? अनि कसरी | ||||||||