e kh

 Index

 मानवताविरोधी क्रूर घटना "गौर हत्याकाण्ड"
 मृत्यु पछिको जीवन
 मृत्युसँग लडाइँ
 नक्कली ओभरसियरबाट ठगिएकी कल्पना
 राजधानीको मुटु स्युचाटारको चर्चित घटना
 विदेशमा गएर के गर्छन् नेपाली महिल
 निराशाको अनुभूति
 यात्राको सहयात्री
 व्यक्ति/व्यक्तित्व/कृतित्व

गिद्ध परेवाको युद्धभित्र रुमलिँदा

 विदेशको रोजगारभन्दा नेपालको गोलघर राम्रो
 विध्वंश भित्रको मानव
 विश्व सुन्दरीलाई शुभकामना
खेलाडीमा यौन क्रिडाको असर
एउटा जीवनको कथा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मानवताविरोधी क्रूर घटना "गौर हत्याकाण्ड"

( राम सञ्जेल )

यहाँ गरिबलाई राहत दिन कोही जन्मिएका छैनन्। अर्थात् गरिबका नेता यहाँ कोही छैनन्। अपुत सम्पत्ति राष्ट्रियकरण गर्न नसके पनि क्रान्तिकारी भूमिसुधार मात्र लागू गरिदिएको भए आज करोडौं गरिबले आफ्नो घाउमा मलमपट्टि भयो भन्ने महसुस गर्न पाउने थिए।

 नरसंहार अर्थात् मान्छे मारेर गरिने राजनीति त्यो समूहलाई मान्य होला, अरु कसैलाई पनि हुँदैन। केही वर्षएता आएर यो भगवान गौतम बुद्धको देशमा पनि मान्छे मारेर राजनीति गर्ने परम्परा भित्रिएको छ। यस भन्दा पहिला पनि सरकार-माओवादीको युद्धमा दुवै पक्षबाट थुप्रै मान्छेहरू मारियो।

त्यतिबेला पनि सरकारले सत्ता जोगाउन घर-घरै, चोटा कोठामा पुगेर मान्छे मार्यो। उपत्यकामा माओवादीबाट भन्दा बढी सरकारबाट नेपाली नागरिकहरू त्रसित बने।

व्यापक दमन गर्यो सरकारी सैनिकले भने अन्य ठाउँमा जो बलियो त्यसैले दमन गर्यो। तर दुःख नेपाली नागरिकले पाए। गत वर्ष सम्पूर्ण राजनीति पार्टी र माओवादी समेत मिलेर आन्दोलन गरेर त्यो आन्दोलन सफल भयो। लोकतन्त्र आएको पनि अब वर्ष दिन हुन लागिसकेको छ। घाउ नै घाउ भएका नेपाली नागरिकको लागि दल सरकारले कुनै मलमपट्टि गरेका छैनन्। गरिब नागरिकलाई राहत दिने कामको लागि माखो पनि मारिएको छैन।

यतिबेला नेकपा माओवादी समेत अन्य दल खासगरी बामपन्थी सबै दलहरू सरकारमा छन्। कम्युनिष्टकै नेता भूमि मन्त्री पनि छन्। विडम्बना जोत्नेलाई जमिन दिएर उत्पादन बढी गरी गरिबी घटाउन पर्नेमा सरकारबाटै तल्सिङ्ग मोहीको जग्गा छुट्टाएर झनै गरिबलाई गरिब बनाउने काम भइरहेको छ। उता क्रान्तिकारी भूमिसुधारको पनि कहिलेकाहिँ भाषण गर्छन् बामपन्थी नेताहरू। जे जस्तो भाषण गरे पनि अब यिनीहरूले पनि गरिब उकास्ने काम गर्दैनन् भन्ने पूर्ण विश्वास गरिसके नेपाली नागरिकहरूले। एकातिर संविधानसभाको चुनावमा जाँदैछन् भने अर्कोतिर गरिब नागरिकलाई राहत दिने कुनै काम गर्न सकेका छैनन् वा गरेका छैनन्। यस्तो अवस्थामा नेपाली जनताले कसलाई साथ दिन्छन् भन्ने कुरा ठोकुवा गर्न सक्ने ठाउँ छैन।

अब अर्को स्रोत नखुलेका सम्पत्तिहरू, राष्ट्रियकरण गर्ने, पहाड पर्वतमा कल-कारखाना, कलेज खुलाउने, कालो पत्र गर्ने, भ्रष्टाचार रोक्ने कुरो नेताका नितान्त भाषण मात्रै हुन्। नेकपा माओवादी सरकारमा सामेल नभइकन नेपालगञ्ज घट्नादेखि रौतहटको नृशंस नरसंहार। यसले के देखायो भने नेपाली भूमिमा मान्छे मारेर राजनीति गर्ने जमात फेरि जन्मिसक्यो। जसले जुन पार्टीका, जुन नेताले जस्तोसुकै दुःख प्रकट गरे पनि ती वीर नेपाली छोराछोरी अब फर्केर आउँदैनन्। तिनका बुढाबा-बुढी आमालाई कसैले एक ढिको नुन लाँदैनन्। बस् ! मौन धारण गरियो तिनको सम्झनामा। अब सिद्धियो तिनको लीला। यत्ति नै हो नेपालको नेताहरूले गर्ने। अहिलेसम्मको राजनीतिलाई हेर्दा यहाँ सबैलाई सत्ता चाहिएको बस् ! सत्ता। यहाँ गरिबलाई राहत दिन कोही जन्मिएका छैनन्। अर्थात् गरिबका नेता यहाँ कोही छैनन्। अपुत सम्पत्ति राष्ट्रियकरण गर्न नसके पनि क्रान्तिकारी भूमिसुधार मात्र लागू गरिदिएको भए आज करोडौं गरिबले आफ्नो घाउमा मलमपट्टि भयो भन्ने महसुस गर्न पाउने थिए।

सायद यही काम गर्न नसक्नुको परिणाम हुन सक्छ रौतहट घट्ना पनि। यो पनि हुन सक्छ- मधिशे पहाडियालाई भट्काएर देशैलाई खत्तम बनाउने ! जसरी रौतहटमा मान्छे मारियो त्यो घट्ना असुरहरूले मात्र गर्ने घटना हो। लडाइँमा दुवैतिरबाट बन्दुक चल्नु, दुवैपट्टिका मान्छेहरू मर्नु, यसलाई लडाइँ मान्नुपर्दछ। तर यहाँ - किलोमिटरसम्म मान्छेलाई खेदेर मारिएको , त्यसलाई के भन्ने ? लाठी, भाला लिएर जुलुश गर्ने कुरा पहिल्यै राज्यलाई थाहा थियो। विडम्बना- किन राज्यले हतियार समेत लिएर कार्यक्रम गर्न दियो ? किन रोकेन ? धेरै छन् सवालहरू, छैनन् कतै जवाफहरू। अब विस्तार यो घट्ना पनि सेलाउँदै जान्छ। गरिब, महागरिब बन्दैछन्, धनी महाधनि बन्दैछन्। यस्तो अवस्थामा समानताको भाषण गर्ने नेताहरूले डाडुमा पानी तताएर मरे हुन्छ। राज्यमा विद्रोह - घट्दो छैन। किनभने यति व्यापक रूपमा असमानता बढ्यो कि त्यसको कुनै लेखाजोखा छैन। जोत्नेले जमिन पाउँदैनन्- प्राडोमा हिँड्नेको हजारौंहजार विगाहा जमिन छ। तस्कर, सामन्तीका हजारौं हवेली छन्, तर गरिबको वर्षा छल्ने झुपडी छैन। अनि कसरी हुन्छ सन्तुलन ? अनि कसरी