|
किनकि कहिलेकाहिँ उनीहरूको पेशामा यति जोखिम र संवेदनशील अवस्था आउँछ, जुन अवस्था र कठिनाइहरू हल गर्न उनीहरूले चुनौतीपूर्ण रूपमा धैर्य र होसियारीका साथ समस्याहरूलाई समाधान गर्नु परेको हुन्छ। हुन त यस्तो जटिलपूर्ण कार्यमा घटनाको परिस्थिति अनुसार भरपुर मात्रामा सहयोग गर्ने सहयात्रीहरूको भूमिका र सहयोग पनि त्यति कम मानिँदैन। हुन त एकजुट भएर लागिपरेमा मरुभूमिमा पनि सुन्दर फूल फुलाउन सकिन्छ। त्यस्तै सबैजनाले एकजुट भई लागिपरेमा जुनसुकै चुनौतीपूर्ण कार्य पनि आइपरे पनि सहज रूपमा सामना गर्न सकिन्छ। भनिन्छ मानिस जन्मेर मृत्यु हुन भन्दा पहिले कालले पनि एकपटक सोच्नुपर्छ रे। उनको मृत्युको तिथि मिति पुगेको छैन भने कालले चाहेर पनि लैजान सक्दैन रे।यस्तै मृत्युको घडीबाट डाक्टर तथा अन्य सहयोगी साथीहरूले अन्तिम मृत्युको घडीबाट बचाएर ल्याएको एकजना १७ वर्षीय जि.झापा पाठामारी गाविस-८ घर भई हाल पृथ्वीनगर गाविस-८ स्थित एरोमा चिया कारखानामा काम गर्ने सपोरा मियालाई आफैं काम गर्ने कारखानाको मेसिनले च्यापेर मृत्युको घडीमा पुगेर पनि बाँचेर अर्को जीवन पाउन सफल भएकी नारीको यथार्थ घटनालाई यो सत्यकथामार्फत सकेसम्म हुबहु लेख्ने कोसिस गरिरहेको छु। हेरौं मृत्युपछिको जीवन कसरी पाइन् त उनले ? कथा यसरी अघि बढ्छ। मिति २०६३/९/२७ गते राती ९ः१५ बजेको समयमा स्थानीय व्यापारी नारायण दाहाल लगायत अन्य केही जनताहरूको एक समूह सईसाप सईसाप भन्दै पौष महिनाको चिसो अन्धकारमा चौकीको का. नजिक आइपुगे। चौकीमा सेन्ट्री रहेका प्र.ज. टोपबहादुर भुजेलले को हो ? कसलाई खोज्नुभएको ? भनी प्रश्न गर्दा उनीहरू सबैजना एकै स्वरमा भन्छन् प्रहरी दाई ! यरोमा चिया कारखानामा एकजना केटीको चिया पेल्ने मेशिनले खुट्टा च्यापेर ननिस्कने अवस्थामा घाइते भई बसिरहेकी छ। त्यसलाई कसरी निकाल्ने साह्रै गाह्रो भएको कारण घटनाको बारेमा जानकारी गराउन आएका हौं हामी सबैं। लौन के गर्न सकिन्छ ? त्यसपछि घटनाको बारेमा का.का. सहायक प्र.स.नि. चतुरनारायण चौधरीले जि.प्र.का. झापामा तुरुन्त जानकारी गराई प्र.ह. दिपक कुमार बस्नेतको कमाण्डमा प्र.ज. फिया लिम्बू, प्र.ज. देवेन्द्र राई, प्र.ज. ज्ञानबहादुर राई र प्र.ज. हरिकृष्ण चौधरी समेतको ५ जना उद्धार टोली गठन गरी तत्काल उद्धार गर्न जिल्ला अस्पताल झापा भद्रपुरका डा. हिमाल दाहाल तथा अहेब समेतको संयुक्त टोली एम्बुलेन्स समेत लिई घटनास्थल तर्फरवना भए। घटनास्थल कारखानामा पुग्दा गेटको वरिपरि त्यस कारखानामा काम गर्ने मजदुर र सर्वसाधारण जनताहरूको ठूलो भिँड थियो। त्यसपछि उद्धारमा खटी गएका प्रहरी टोलीले उक्त भिडलाई हटाई संयुक्त उद्धार टोली घटनास्थल नजिक पुगे। त्यहाँ पुग्न पाएको छैन। ठूलो वेदनाका चिच्याहट आवाज सुनिन थाल्यो। त्यसपछि टोलीले त्यहाँको स्थितिको दृश्य अवलोकन गर्यो। घटनाको दृश्य हेर्दा जो कोहीलाई पनि रिङ्गटा लाग्ने कहालीलाग्दो देखिन्थ्यो। घाइते भने च्यापिएर बसेका पीडाले आँखाबाट बलिन्द्र आँशुका धारा बगाउँदै रोई-रोई आफ्नो मामालाई पुकार्दै आफ्नै भाषामा भन्दै थिइन (मामु मुझे बचाउ२) मामा मलाई बचाउनुस्२, त्यसपछि प्रहरी र चिकित्सक तथा अन्य सहयोगीहरूको सहयोगमा आफ्नो उद्धार कार्य शुरु गरे। सर्वप्रथम घाइतेलाई स्लाइन पानी चढाई रगत नबुझ्ने र मांसपेशी नदुख्ने सुई प्रयोग गरे। त्यसपछि कसरी निकाल्ने त भन्ने उपायहरू डाक्टरले खोज्न थाले। तर मेसिनको काँडे होल्डरमा उनको बायाँ खुट्टा यति गाडिएर अप्ठेरो स्थानमा च्यापिएर रहेको थियो कि जुन ठाउँको कल्पना पनि गर्न सकिँदैन। तर डा. हिमाल दाहालज्यूले त्यस्तो असह्य परिस्थितिमा पनि आफ्नै सो विवेक प्रयोग गरी घाइतेको त्रि्रा मुनीको मांसपेशीहरूलाई अलि-अलि गरी काटे। सायद चिकित्सा पेशा रहेको कारण मात्र उहाँहरूमा त्यस्तो आँट आउँछ होला तर हामी जो कोहीले त्यस प्रकारको कार्य गर्न सकिँदैन होला। जुनबेला खसीको मासु एउटा बगरेले सहज रूपमा काटेर बेच्छन्। तर | ||||||||