i
|
आकाशमा तोप पडकिए जस्तै गड्याङ्ग-गुडुङ्ग आवाजको बज्रपात चक्रो मात्रामा भई नै राखेको थियो। बेला-बेलामा अनायस बालक रोएजस्तो अस्पष्ट आवाजका तरङ्गहरू गुञ्जिरहेका थिए। म त्यो भयानक रातको डरलाग्दो दृष्यको छातीलाई एउटा सानो टर्च लाइटले चिर्दै, जंगलका ति कांडे झाडिहरूमा बेरिदै काँडाहरूले चिथोरिदै, कोतरिदै हिडिरहेको थिए। त्यसवखत मेरो अगाडिको वडेमान सालको रुखमा चट्याङ्गको बज्रपात पर्यो। कानै फूट्नेगरी एउटा भयङकर आवाज चिच्चायो। ती रुखका पत्र पत्र उडेर सिन्का जत्रा टुक्रा-टुक्रा भएर छरिए। धन्न म बाँचे मेरो सातो पुत्लो उड्यो मैले चिच्चाउदै भने-'नाई बचाऊ...द्रद्र बचाउ...द्रद्र' मेरा ती अर्थहीन शब्दको चित्कारको गुञ्जन कता बिलायो कता, केवल शून्य मात्र थियो। त्यसको केही समयपश्चात् परबाट खितितिति गर्दै हाँसेको आवाज आयो। यो मध्यरातमा यो घनघोर जंगलमा को हाँस्यो। म अचम्ममा परें। झन डर लाग्यो निकैडराए मैले टर्चलाईट लगाएर हाँसेको आवाज आएतिर लगाएर केहि देखिएन। मेघ गर्जियो विजुति चम्कियो, बिजुलीको प्रकशमा एउटा डरलाग्दो आकृति खित्का छाड्दै मतर्फ आइराखेको थियो। त्यो देखेर म 'नाई...द्रद्र मलाई बचाऊ...बचाऊ...' भन्दै अन्दाजको भरमा दौडिएँ, जता पायो त्यतै जहाँ पायो त्यहीँ दौडिएँ। परको रुखमा गएर जोडले ठोक्किएँ, थुचुक्क बसें, त्यो खित्काको आवाज सुन्न थालें तर ती खित्काहरू जंगललाई थर्काउने गरी झन्झन् जोडले म बसेतर्फ आइसकेका थिए। म निकै नै डराएँ। शरीरभरी डरका पसिना चिडचिड गरी झरेका थिए, नाडी र मुटुको धड्कन बढ्यो। मेरो हातखुट्टा थर्थर् काम्न थाले। म जोडले चिच्चाएँ- भगवान् मलाई बचाऊ, भगवान मलाई बचाऊ। यो कुन पापको यातना हो म बाँच्न चाहान्छु। खित्का रोकिए म गोजीबाट चुरोटको पाकेट झिक्दै एकाएक गर्दै चुरोटको पाकेट नै डरले काँप्दै धुवामा उडाइदिएँ। केही शान्तको आभाष भयो, जुरुक्क उठें र टर्चलाईट बालेर यताउती हेर्न थालें। फेरि केटाकेटी रोएको जस्तो अनौठो आवाज आयो, पानी पर्न भने बन्द भइसकेको थियो। केही वस्तु रुखको हाँगाबाट झ्वाम्म हामफाल्यो निकैबेर ती झुन्डिएका स्याउला हल्लायो। मैले टर्चलाईट लगाएर मेरो टर्चलाईटको फोकस त्यो भयानक आकृतिमा गएर टक्क रोकियो। बडेमानका लट्टाहरू थिए, विचित्रको मुख थियो। कालो न कालो यमराजको दूधजस्तो थियो। म यसको आकृति यस्तो देखें, जो खतरनाक फिल्ममा भूतको देखेको थिएँ। म गोजीबाट लाइटर निकालेर पानीले भिजेका स्याउला जम्मा गरे लाइटरले आगो बाल्ने प्रयास गरें तर असफल ! एकतमासको आधी सुसेली हाल्दै आयो र मैले जम्मा गरेका सबै पातहरू उडाइदियो। फेरी टर्चलाइट लगाएर त्यो आकृति मन्द-मन्द गतिमा म भएतिर आइराखेको थियो। म नाइ... भूत... बचाओ द्रद्र भन्दै जोडले चिच्चाएँ। त्यो आकृति मेरो स्वरमा हाँस्यो- 'हा...हा...हा... म भाग्न जुरुक्क उठे अध्यारोले वाटो नै देखिएन। हातमा टर्चलाइट पनि थिएन हतार-हतार भूइँमा टर्च छामछुम गर्न थालें। त्यतिकैमा त्यो आकृति आएर मलाई पछाडिबाट ग्वाम्म अँगालो मार्यो। म एक तमासले छटपटाउन थाले। चिच्चाउँदै उफ्रिएँ। जेनतेन त्यसको पञ्जाबाट फुत्किएँ र एकातिर कुलेलाम ठोकें। झाडीहरूमा बेरिँदै, काँडाहरूले चिथोर्दै, केही दूरी पार गर्दै थिएँ। अचानक केही वस्तुमा ठोकिएँ। म ठोकिएको वस्तु पनि ऐया भन्दै केही पर ढल्यो। म अचम्म परें र गोजीबाट लाइटर झिकेर बालें। त्यो मसँग ठोकिने एउटी राम्री युवती थिई। यो घनघोर जंगलमा एक्लै युवती देख्दा म झन् डरले काँप्न थाले र भने- यति रातमा तिमी को हौ ? ' | ||||||||