|
छुट्टिको समयमा आफ्नो घर टाढा भएकाले मन बहलाउन आफन्तको घर फत्तेपुर सप्तरीमा रहेकाले फुर्सदको समय बिताउँदा-बिताउँदै स्थानीय स्कुलमा अध्ययनरत् जगतबहादुर भट्टराईकी जेष्ठी सुपुत्री कल्पना भट्टराईको आङ्गमा उसको नजर पर्छ। उनको कलिलो उमेर भएतापनि खान्दानी परिवारमा हुर्केकी हुँदा हिस्सी परेको जिउडाल हृष्टपुष्ट शरीर उनको रूपरङ्ग शिलस्वभाव देखि ऊ लोभिन थाल्छ। ऊ पनि भर्खरको जागिरे ठिटो कुखुरे बैंस चढेको बेला के कम यस्ता ठिटीहरूसँग बोल्न किन हिचकिचाउँथ्यो स्कुलको बाटो कुरेर भए पनि कल्पनासँग एउटा बहाना बनाई आफ्नो मनमा उकुस-मुकुस भएर रहेका जवानीका तरङ्गहरू पोख्नै पथ्र्यो। उनको रूपडाल देखेर भूपध्वजको सोचहरू ढलपलिन थालिसके। अब आफ्नो घरजम कसरी बसाल्ने तराईमा आफ्नो घर नभए पनि ससुराली बनाउन पाए भविष्यमा आफ्नो पनि घरजम तराईमै हुने थियो कि ? ऊ सोचाईमा पर्छ। उसको सहारा भनेको नै आफन्तहरू नै थिए। आफू सिंचाई कार्यालयको असिस्टेन्ट सहायक प्राविधिक मुखिया सरहको पदमा रहेको भएता पनि कल्पनालाई हात पार्न ओभरसियर हुँ भनी पद ढाँटी आफन्तमार्फत कल्पनाका गार्जेनसमक्ष विवाहको प्रस्ताव राख्दछन्। सोही बेला कल्पनाका इच्छा आकांक्षा पूरा गरिदिने पढाइमा बाधा नपुर्याउने उनको सफलता नै मेरो पनि हो। तसर्थ कल्पनाको सुख, दुःखमा सामेल भई साथ दिनेछु भन्दै कसमको बाचा भूपध्वजले गर्दछ। यी गुलिया वचनको लोभमा परी २०४७ साल मंसिर २१ गते उनीहरूको विवाह सु-सम्पन्न हुन्छ। जुनबेला कलकलाउँदो जवानी थियो, डाँडाभन्दा अलिक माथि पुगेको भान हुन्थ्यो तर कल्पनाको अपरिपक्व ज्ञान भएकोले विवाहपछि दायित्व गुण-अवगुण के कस्ता हुन्छन् अनभिज्ञ नै थिइन्। आफ्ना सासु-ससुरा, देवर, जेठाजु, नन्द रिसाउनुपर्ने अनि पढ्नु, जागिर खानु अनि मात्र श्रीमान्को काखमा रम्ने समय मिलाउनु पर्ने धेरै अप्टिलक पार गर्नु पर्ने हुन्थ्यो ती विचरा ! कल्पनालाई के थाहा न त उनको सोचहरू पूरा भए न त पर्ढाई नै पूरा भयो। आफ्नो जवानी जति फक्रिँदै उरालिँदो थियो उति नै समयले नेटो काट्दथ्यो- 'हुने-हुनामी टारेर टर्दैन', भने झैं विवाह गरेको १५/१६ वर्षबितिसकेछ। कहिले उकाली कहिले ओराली र जीवनका उतार चढावका संघर्ष गरी बित्दा यतिका बेलासम्म उनको पेटमा गर्भ अडिन नसक्नु। हुन त यस अगावै कल्पनाका पीताले काठमाडौं लगी राम्रै डाक्टर कहाँ पुर्याई चेक नगराउनु भएको पनि होइन। ढिलो-छिटो भए पनि बच्चा हुनसक्छ भन्ने मीठो आश्वासन मिलेको थियो तर यतिका दिन बितिसक्दा पनि जयजन्म नभएका कारण २८/२९ वर्षै उमेरमा श्रीमान् र सासु-ससुरा, देवर-नन्दको भनाइ, इष्र्या, तनाव, यातना, तिरस्कार जस्ता घृणित कार्य भोग्नुपर्ने भयो। घरका सम्पूर्ण परिवारको एकलौटी तिरस्कार बाँजोपनको मारले रातदिन मादक-पदार्थ सेवन गरी श्रीमान्को यातना भोग्नु पर्न थाल्यो। १/२ वर्षत सहिन् तर कहिले झुन्डी मर्न फाँसी लाग्ने कहिले आफैंलाई कुटपिट गरी झुन्ड्याउने नानाथरिका लाञ्छनाहरू थोपरी निहुँ खोजी दोस्रो विवाहको मञ्जुरीनामा कागज गरिदे भन्दै चुट्न थालेपछि अति अत्याचार हुन थाल्यो। अझै सम्झाउने कोसिस गर्छिन् वैज्ञानिक जमाना छ। चेकजाँच गराई जयजन्म हुनसक्छ। विकल्पहरू हुन्छन् भन्दा कुरै नसुन्ने तसर्थ कल्पनाले बाध्य भएर २०६२ साल शुरुमै दोस्रो विवाह गर्दा रोकतोक गर्ने छुइन भनी कागज गरिदिइन्। 'के निहुँ पाउँ कनिका बुक्याऊँ' भनेको भुपध्वज आफू इञ्जिनियर हुँ भनी ढाँटी तुरुन्तै उदयपुर मिल्ला रामपुर ठोक्सीला रातामाटा बस्ने वर्ष२२ की कमला पौडेलसँग ४९ वर्षको उमेरमा अनमेल विवाह गरी शक्तिले गर्दा भूपध्वज कार्कीले जेठी श्रीमतीलाई चटक्क भुल्यो विचरा। कल्पनाले | ||||||||