Index

 मानवताविरोधी क्रूर घटना "गौर हत्याकाण्ड"
 मृत्यु पछिको जीवन
 मृत्युसँग लडाइँ
 नक्कली ओभरसियरबाट ठगिएकी कल्पना
 राजधानीको मुटु स्युचाटारको चर्चित घटना
 विदेशमा गएर के गर्छन् नेपाली महिल
 निराशाको अनुभूति
 यात्राको सहयात्री
 व्यक्ति/व्यक्तित्व/कृतित्व

गिद्ध परेवाको युद्धभित्र रुमलिँदा

 विदेशको रोजगारभन्दा नेपालको गोलघर राम्रो
 विध्वंश भित्रको मानव
 विश्व सुन्दरीलाई शुभकामना
खेलाडीमा यौन क्रिडाको असर
एउटा जीवनको कथा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

निराशाको अनुभूति

( सुशीला देउजा )

सरी विश्वजी एउटा बच्चा मरेको जन्मियो। अर्को बच्चाको पनि स्वास्थ्य ठीक छैन आशा पनि कम छ। आमालाई बिल्कुल ठीक छ। उनी अहिले अर्धचेतनामा छिन्। बिस्तारै राम्रो हुँदै जान्छ। विश्वलाई त्यो नवजात शिशुको बारेमा थप अरु कुरा सोध्न आँट आएन।

 लामो परीक्षणपछि उदास भई डाक्टरले गर्भभित्रको जुम्ल्याहा बच्चामा एउटाको मृत्यु भइसक्यो अर्को बच्चा पनि अलि कमजोर भनी सुनाए। एकाएक सृजना विश्वको खुशीले भरिएको मन ओइलायो। मुटुको धड्कन तेज भयो।

दुवै खिन्न दिक्क भए। हातखुट्टा लगलग काम्यो। चिट-चिट पसिना आई शरीर शिथिल भयो।

निरास निरास टोलाउँदै एक अर्कासँग आँखा जुधाउन पनि सकेनन्। मनमा अनेक कुरा खेली आगो बले झैं डाहा भइरह्यो। सन्तानका बारेमा आफूहरूले देखेको मीठा-मीठा सपना भताभुङ्ग हुने हो कि भनी त्रसित भए। दुवै एकअर्काप्रति यति चिन्तित भए कि के भनेर सान्त्वना दिउँ भनी शब्द तलाशदै थिए।

 पहिलो अनुभव पहिलो नाता मन कति खुशी रोमाञ्चित थियो। कौतुहलबीच अलि डर शंकाले बेला-बेलामा घेरे पनि त्यस सुखद् घडीको दैवलाई कति प्रतिक्षा थियो। दुवैको आपसमा यति गहिरो प्रेम थियो कि एक अर्कालाई आफ्नो चिन्ता उदासी देखाउन चाहन्नन्। बाहिर जतिसुकै सामान्य भई देखाउन खोजे पनि भित्र दुवै चिन्तित दुःखी छन्। अब दुवै एउटै कुराले भयभित भए कि एउटा जे भयो भयो कहीँ अर्को बच्चालाई पनि केही हुने हैन ? दुवै अथाह दुःखको सागरमा डुब्दै अधिर भए।

मनलाई सम्हाल्दै विश्वले डाक्टरसँग अर्को बच्चाबारे जान्ने कोसिस गरे। डाक्टरले दुवैको उदास मुद्रालाई हल्का पार्दै 'चिन्ता नगर्नुस् अर्को बच्चालाई केही हुँदैन' भनी सान्त्वना आश्वासन दिने कोसिस गरे। डाक्टरले सम्झाउँदै भने 'धेरै पीर नगर्नुस् अब अर्को बच्चा जन्मन पनि धेरै समय बाँकी छैन। त्यो बच्चा त्यस समयमा आफैं निस्कन्छ।' गह्रुँगो उदास मन लिई डाक्टरको कुरामा विश्वास गर्नु बाहेक अरु उपाय नै के थियो ? तर पनि कता-कता शंकाले डेरा हालिरहन्छ। दुवै आफ्नो-आफ्नो मनलाई सम्झाउने कोसिस गर्छन्। यस्तै उहापोह अन्तरद्वन्द्वमा दिनहरू बित्दै थियो।

आखिर उनीहरूको प्रतिक्षाको घडी पनि समाप्त भयो। निश्चित समयमा सृजनालाई प्रसव वेदना शुरु भयो। डर, त्रास, आशंकाले उनको प्रसव वेदना झन् चर्किंदै गयो। उनी पानी बिनाको माछा जस्तै छट्पटाइन्। विश्व सृजनाको पीडा देखेर झन् छट्पटिए। आत्तिँदै हतार-हतार अस्पताल लगे। आज विश्वलाई घरदेखि अस्पतालसम्मको दूरी अति लामो लाग्यो। बाटोमा अरु गाडीले अवरोध गरी ढिला हुन जाँदा मन अत्तालिन्छ। जति सृजना छटपटिन्छे उती विश्वको मुटुको धड्कन तेज हुन्छ। जतिसक्दो चाँडो अस्पताल पुगुँभन्दा पनि पुग्न नसक्दा मन हतारिँदै दुःखी हुन्छ। बाटो अवरोध गर्नेहरूलाई मनग्ये गाली गर्न मन लाग्छ। ढिलो चाँडो छटपटिँदै हतारिँदै अस्पताल पुगे। गाडी रोकेर विश्व हतार-हतार अस्पतालभित्र स्ट्रेचरको सहायता माग्न दौडिएँ। उनी जति हतारिँदै आत्तिँदै भित्र गएका थिए, त्यति हतारो त्यहाँका कर्मचारीले देखाएनन्। उनी छट्पटिँदै 'छिटो गर्नुस् छिटो' बिरामी सिकिस्त भन्दै थिए। बल्ल-बल्ल दुईजनाले स्ट्रेचर लिएर आए। सृजना गाडीमा पीडाले छट्पटिँदै झन्डै-झन्डै बेहोस जस्तै भइसकेकी थिइन्। त्यसपछि तीनजना भई बिस्तारै स्ट्रेचरमा सुताएर भित्र लगे। विश्व पनि सँगसँगै भित्र गए। सृजनाको परीक्षण शुरु भयो। विश्व बिरामीलाई भर्ना गर्ने इत्यादि औपचारिकता पूरा गर्दै थिए। परीक्षणपछि हतार-हतार सृजनालाई लेबोर रुममा लगे। त्यस क्षेत्रमा जो कोहीलाई जान मनाही गरिएको थियो। विश्व भगवानको नाम मनमनै जप्दै चीट-चीट पसिना काड्दै वरन्डामा ओहोर-दोहोर गरिरहे। भित्र के भइरहेछ देख्न पाउनु छैन। केवल दर्दले चिच्याएको आवाज आउन बन्द भयो। विश्व झन् अत्तालिएर कहीँ सिर्जनालाई केही भएन ? हे भगवान मलाई यत्रो ठूलो सजाय नदेऊ भन्दै बारम्बार भगवानलाई पुकार्दै भित्रबाट केही खबर आउँछ कि भनी अधैर्य भई कुरिरहे। त्यहाँ सृजनाको माइती विश्वका घरका सबै आत्तिँदै बेचैन भइरहेथे। त्यति धेरै आफन्तबीच पनि आज विश्व आफूलाई एक्लो मजबुर महसुस गरिरहेथे कसैसँग