Index

 मानवताविरोधी क्रूर घटना "गौर हत्याकाण्ड"
 मृत्यु पछिको जीवन
 मृत्युसँग लडाइँ
 नक्कली ओभरसियरबाट ठगिएकी कल्पना
 राजधानीको मुटु स्युचाटारको चर्चित घटना
 विदेशमा गएर के गर्छन् नेपाली महिल
 निराशाको अनुभूति
 यात्राको सहयात्री
 व्यक्ति/व्यक्तित्व/कृतित्व

गिद्ध परेवाको युद्धभित्र रुमलिँदा

 विदेशको रोजगारभन्दा नेपालको गोलघर राम्रो
 विध्वंश भित्रको मानव
 विश्व सुन्दरीलाई शुभकामना
खेलाडीमा यौन क्रिडाको असर
एउटा जीवनको कथा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

ललितपुर जिल्लाको चर्चित हत्याकाण्ड"पत्नीलाई चिर्पटले ठोकेर मारेपछिको परिणाम...."

( प्रसनि रामकाजी थापा )

मीनाको मृत्यु भएको भेउ पाउनासाथ मंगलकृष्ण महर्जनको रगत चिसो भइहाल्यो। अब के गर्ने, के नगर्ने भयो उसलाई। ढोका ढप्क्याएर मंगलकृष्ण घरबाट तत्कालै भाग्यो।

पृथ्वीमा रहेको प्राणीहरूमध्ये सबैभन्दा चेतनशील विवेकशील प्राणी भनेर चिनिएको, सर्वश्रेष्ठ भनिएको मानव नै हो। अन्य प्राणीहरूको तुलनामा ठीक बेठीक के हो ? भनी छुट्याउनसक्ने मानवले माफ्नो जीवनलाई सार्थकता प्रदान गर्न अन्य प्राणीहरूसँग पनि सुमधुर सम्बन्ध गाँसेको हुन्छ।

मानवको रूप भएका दानव व्यवहार गर्ने गुण भएका प्राणी पनि आज मानिस नै हुँ भनी आफूलाई घमण्ड गरी चिनाउँदै आएका छन्। सर्वश्रेष्ठ प्राणीको रूपमा चिनिएको मानव सधैंभरि एकै प्रकारको हुन्न। कहिले यो मन खुशी, हाँसो, सत्य मनोरञ्जन अनि सुख, दुःख सबैभन्दा नजिकको साथी बन्दछ भने कहिलेकाहीं यही मन सबैभन्दा घृणित संसारको कुनै पनि प्राणीले सुन्न नचाहने कार्यसमेत गर्न पुग्दछ। २१ औं शताब्दीमा विश्वले पृथ्वीलाई स्वर्गको कल्पना गरिरहेको अवस्थामा कतिपय मानव जातिहरू नकारात्मक प्रयोगले मानवीय जीवनमाथि नै प्रश्न चिन्ह खडा गरिरहेका छन्। आतंक, हत्या, बलात्कार, चेलिबेटी बेचविखनलगायतका जघन्य अपराधिक कार्य गर्न पुगने कतिपय मानिस आफ्नो ८४ औं जुनीपछि बल्ल-तल्ल पाएको मानव जुनी मानिसको अमूल्य जीवनलाई जेलको कठघरामा व्यतित गर्दै पछुताउन थाल्दछन्। यस्तै अपराधिक कार्य गरी कानूनको दुष्प्रयासकर्ताको सत्यतथ्य कथा पाठकबृन्दमा प्रस्तुत गरिरहेको छु। जुन अपराधिक सत्य घटना हो, मिति ०६२ फागुन २१ गतेको। ललितपुर जिल्ला लपुउमनपा वडा नं. , त्यागलमा घटित जघन्य अपराध हो हो।

ललितपुर जिल्ला लपुउमनपा वडा नं. त्यागल बस्ने भीमलाल महर्जन सामान्य परिवारका हुन्। निज खेती किसानी गरी जिविकोपार्जन गर्दै आएकोमा भीमलालको तीन भाइ छोराहरू बढेपछि सबै छोराहरूको विवाह गरी छुट्टाछुट्टै राखिदिए। भीमलाल महर्जनको माइलो छोरा मंगलकृष्ण महर्जनको ललितपुर उपमहानगरपालिका- , थापहिटी बस्ने कुमार चा की छोरी मीना महर्जनलाई मागी २०५० साल असार महिनामा भीमलाल महर्जनले वैवाहिक बन्धनमा बाँधिदिएका थिए। सँगै बाँच्ने, सँगै मर्ने बाचा गर्दै मंगलकृष्ण महर्जनले आफ्नो जीवनसंगीनी मीना महर्जनको सिउँदो सजाएका थिए।

मीना महर्जनसँग वैवाहिक बन्धनमा बाँधिएपछि भीमलाल महर्जनले आफ्नो माइलो छोरा मंगलकृष्ण महर्जनलाई छुट्याएर भिन्दै राखिदिए। मंगलकृष्ण महर्जन मीना महर्जन खुशी नै थिए। निजहरूको सहवासबाट एउटा छोरी रश्मी महर्जनको जन्म भयो। त्यसपछि यी परेवा को जस्तो जोडीलाई बाबु-आमाले छुटाई भिन्दै राखिदिए। छोरीको पालनपोषणसँगै आफ्नो घर-व्यवहार मिलाउन मुस्किल हुन थालेकाले मंगलकृष्ण महर्जनले आफ्नो घर परिवारको जीविकोपार्जनको लागि भगवानको मूर्ति बनाउने काम सिके। उनी दिनभरि काममा खटिएर परिवारको समस्या टार्न थाले। मंगलकृष्णको कमाइले मात्रै बढ्दो महङ्गीलाई थेग्न नसकेपछि मीनाले पनि काठमा बुट्टा भर्ने काम सिकिन्। उनी पनि ढोका, झ्याल, चोकोश आदिमा बुट्टा काट्ने काम गर्न थालिन्। दुवैजना काममा जान थालेपछि उनीहरूको व्यवहार साम्रोसँग चल्न थाल्यो। छोरी दिनप्रतिदिन बढ्दै थिई। आफूले पढ्न नसके पनि छोरीलाई पढाउनुपर्ने विचार उनीहरू दुवैको थियो। त्यसैले छोरीलाई स्कूल भर्ना गरिदिए।

नारीलाई पुजिने, सम्मान गरिने घरमा देवताहरू पनि खुशी हुन्छन् भनेजस्तै उनीहरूको जोडी, घरपरिवार छिमेकीहरूको चर्चाको विषय बनेको थियो। सच्चा स्त्रीबाट नै घरको रक्षा हुन्छ। पुरुषलाई स्वर्गको आनन्द दिलाउन घरलाई स्वर्ग समान बनाउनका लागि नारीको अवश्य पनि मुख्य हात रहेको हुन्छ। यही भएर होला, मंगलकृष्ण महर्जनको पनि घरमा त्यस्तै सुख, शान्ति थियो। दुःख केही कुरामा देखिँदैनथ्यो। यो जोडी आफैंले खरिद गरेको जग्गामा एउटा घर बनाउने तयारीमा लाग्यो। केही समयमै दुःखजिलो गरेर उनीहरूले चार कोठाको एकतले घर पनि बनाए। , बाबु-आमाको घरबाट