le="font-size: 10.0pt; font-family: Kalimati; color: #003366"> भन्ने पिङ्की लामालाई एउटा ट्यँक्सी ड्राइभरले घर पुर्याइदिन्छु भनी एकान्त ठाउँमा लगी बलात्कार गर्न सफल भयो। हुन त यस्ता घटना ब्रम्हाण्डका प्रत्येक शहर-बजारमा मात्रै होइन, गाउँ-ठाउँमा पनि अहोरात्र भइरहेको छ। दह्रो कानुनी अभावका कारण त्यस्ता प्रकारका अपराधीहरूको मनोबल गिर्न सकेको छैन। यस्ता प्रकारको घृणित काम जो बलियो छ त्यसले गरेको प्रमाणहरू यसप्रकारका अपराधिक तथ्य पढ्दा थाहा पाउँछामैं। यसलाई रोकथाम गर्न जनचेतना र बलियो कानुनको आवश्यकता देखिएको छ।
मानव स्वभावैले काम क्रोध र लोभमा फसेका हुन्छन्। आदिम्कालदेखि नै मान्छे आफ्ना-आफ्ना बुद्धि-विवेक अनुसार असल खराब कार्यहरू गर्दै आइरहेका छन्। आ-आफ्ना कार्यकै कारण सत्ययुगदेखि नै राक्षस र देवतामा वर्गीकरण भएका छन्।
संसारमा सर्वश्रेष्ठ मानिने मानवजाति आफैंमा रहस्यमयी छन्। आजको समाजमा पनि मान्छे राम्रो काम वा नराम्रा दुवैमा उत्तिकै संलग्न रहेका छन्। कोही राम्रो काम गरेर प्रतिष्ठित एवं चर्चित छन् भने कोही आफ्नै राक्षसी व्यवहारका कारण अपराधी एवं घृणित बनेर समाजलाई समेत दुषित बनाउन तल्लीन छन्। मान्छेले आफू मान्छे भएको सत्यलाई बिर्सेर मान्छेमाथि नै पशुवत् व्यवहार गर्दछन्। आजको परिस्थितिमा मान्छे आफ्नो आवश्यकता पूरा गर्न पैसा कमाउन रात बिहान केही नभनी लागिपरेका छन्। अधिकांश जनता गरिबीको रेखामुनी रहेको नेपालमा नेपाली जनता बाध्य भएर कुनै न कुनै काम धन्दा व्यवसायमा संलग्न छन्। महिला होस् वा पुरुष दुवै उत्तिकै सक्रिय छन्। तर महिलालाई तल्लो स्तरमा राखेर हेर्ने हाम्रो समाजमा भने महिलाले काम गर्दा असुरक्षाका सम्भावना अधिकतम् रूपमा देखिन्छ। महिलाले हाम्रो घर परिवार र समाजमा जीवित रहन अझ बढी संघर्ष गर्नुपर्छ।
आफ्नो जीविकोपार्जनका लागि डान्स रेष्टुरेन्ट एन्ड बारमा काम गर्ने अप्सना भन्ने पिंकी लामामाथि २०६३ पौष ६ गते बिहानी प्रहरमा एक ट्याक्सी ड्राइभरले फकाई घर पुर्याइदिन्छु भनी ट्याक्सीमा राखेर लगी सुनसान ठाउँमा पुर्याएर बलात्कार गरेको थियो। तत्पश्चात् पीडितले आफूमाथि भएको जबर्जस्ती करणीको नेपाल सरकारसमक्ष उजुरी लिई बलात्कारीलाई कारवाहीको माग गर्दै मुद्दा दायर गरेकी थिइन्। आ.व. २०६३/०६४ सालको मुद्दा दर्ता नं. २२, नुवाकोट जिल्ला खरानीटार गाविस वडा नं. १ घर भई हाल काजिकामनपा बालाजु डेरा गरी बस्ने वर्ष१५ की अप्सना भन्ने पिंकी लामा, सिन्धुपाल्चोक जिल्ला, बाँडेगाउँ गाविस वडा नं. १ घर भई हाल काजिकामनपा वडा नं. १५ स्वयम्भु डेरा गरी बस्ने वर्ष२४ को कुमार लामालाई प्रतिवादी देखाइएको छ।
पीडितले मुद्दा दायर गरेपश्चात् निज र ट्याक्सी चालकका सम्बन्धमा विभिन्न अध्ययन अनुसन्धान गरिएका थिए। फरेन्सिक मेडिसिन विभाग महाराजगञ्ज काठमाडौंको प्रतिवेदनः-
'अप्सना भन्ने पिंकी लामा शारीरिक एवं मानसिक अवस्था साधारण रहेको र निजको कन्याजाली नच्यातिएको र पीडित हाल १४ वर्षमा चालु रहेको छ।' यसरी स. मु. स. ऐन २०४९ को दफा १७ -१) अनुसार प्रस्तुत गरिएको राय प्रतिवेदन। जबर्जस्ती करणी मुद्दाकी वादी-१ अर्थात् पीडितले बयान गरेको केशको व्यहोराः-
'गुडबाई रेष्टुरेन्ट एन्ड बारमा काम गर्दै आएको र उक्त दिन आफ्नो काम सकिएपछि अन्दाजी ८ः३० बजे रेष्टुरेन्ट बन्द गरी म र सोही रेष्टुरेन्टमा काम गर्ने साथीहरू पूजा र रोशनीको कोठामा भई भोलि सबैजना कल्चर सिकेर रेष्टुरेन्टमा आउने सल्लाहमा स्टाफ चढ्ने ट्याक्सीमा चढी सोल्टी दोबाटोस्थित मालिक्नीको डेराबाट गई ठिमी भन्ने ठाउँमा पुगेपछि उक्त ठाउँको चोकबाट साथीहरू पूजा र रोशनी डान्स गर्ने ठाउँमा गएर आउँछौं भनी एक्लै छाडी कता गए केही थाहा भएन। धेरैबेरसम्म नआएपछि उक्त ठाउँबाट सोल्टी दोबाटोस्थित अन्टीको कोठामा आउँदा रातको अन्दाजी १२ः०० बजेतिर गेट बन्द भइसकेकोले उक्त ठाउँको चोकमा बसिरहेको बेला २०६३/९/६ गते अन्दाजी २ः०० बजेतिर एउटा ट्याक्सी आई ट्याक्सी ड्राइभरले ललाइ-फकाई उक्त ट्याक्सीमा राखी घर पुर्याइदिन्छु भनी काठमाडौं जिल्ला स्युचाटार गाविस-१ स्थित दुर्गानगर कोलोनीमा पुर्याई सोही ट्याक्सी नं. ७३३ को पछाडि सिटमा राखी जबर्जस्ती करणी गरेको र सोही स्थानका व्यक्ति आई ट्याक्सीबाट निकालेर प्रहरीलाई खबर गरेका थिए।'
यस मुद्दामा संलग्न अनुसन्धान अधिकृतको रायः-
'प्रस्तुत मुद्दामा हालसम्म मिशिल संलग्न हुन आएका पीडित अप्सना भन्ने पिंकी लामाको कागज जाहेरी दरखास्त घटनास्थल मुचुल्का घटनास्थलमा पाइएको दशिको समान, प्रतिवादीको बयान लगायत सम्पूर्ण मिशिल संलग्न कागजात आदिलाई अध्ययन मनन गर्दा मिति २०६३/९/६ गते बिहान ३ः३० बजेको समयमा जाहेरवाला अप्सना भन्ने पिंकी लामालाई प्रतिवादी कुमार लामाले जबर्जस्ती करणी गरेको भन्ने कुरा वारदात सिद्ध भयो।
अब निज प्रतिवादी कुमार लामाउपर के कस्तो कसुर अपराधमा के कुन सजायको माग दावी लिने भन्नेतर्फविचार गर्दा मिशिल संलग्न कागजातहरूको अध्ययन अनुसन्धानबाट निज प्रतिवादी कुमार लामाले मुलुकी ऐन जबर्जस्ती करणी महल