Index

 मानवताविरोधी क्रूर घटना "गौर हत्याकाण्ड"
 मृत्यु पछिको जीवन
 मृत्युसँग लडाइँ
 नक्कली ओभरसियरबाट ठगिएकी कल्पना
 राजधानीको मुटु स्युचाटारको चर्चित घटना
 विदेशमा गएर के गर्छन् नेपाली महिल
 निराशाको अनुभूति
 यात्राको सहयात्री
 व्यक्ति/व्यक्तित्व/कृतित्व

गिद्ध परेवाको युद्धभित्र रुमलिँदा

 विदेशको रोजगारभन्दा नेपालको गोलघर राम्रो
 विध्वंश भित्रको मानव
 विश्व सुन्दरीलाई शुभकामना
खेलाडीमा यौन क्रिडाको असर
एउटा जीवनको कथा

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यात्राको सहयात्री

(बिर्ता माञ्जी )

 फोन गर्छु चिन्दिन भन्छ। हे भगवान, फसाद भो अब। कसरी पत्ता लगाउने ? धरानसँग अपरिचित नभए पनि सबै घर-घर घुमेर कोठा पत्ता लगाउने काम सहज थिएन। मनमा अमिलिएको चोसो बोकेर बल्ल-बल्ल बरगाछीमा थकाई मेट्न थपक्क बसें।

 भोलिपल्ट धरान जानुपर्ने, कस्तो दुर्भाग्य पर्यो भने सडक जाम भो। करिब दुई घण्टाको हिँड्नेका लागि छोटो बाटो भए पनि एक्लै यात्रा गर्नुपर्ने। त्यसमाथि पैदल जानुपर्ने भएकाले दिक्दार उराठ लागेको थियो। त्यसमाथि बाटाभरि कस्तो फसाद पर्यो भने के गर्ने मनमा शंका/डर सबैथोकले डेरा जमायो। २१ औं शताब्दीको परिवर्तित समय, त्यसमा पनि विकराल मानवीय विकृतिको सञ्जाल जताततै छ। यस्तो परिस्थितिमा मूर्खबाट महापुरुष, सज्जन भाग्नुपर्छ भन्ने उक्ति मनमा राखे पनि 'हे भगवान रक्षा गर' भनेर गुन्न भुलिन। जति नै हजार विषय सोचे पनि आखिर मैले नै समाधान गर्नुपर्ने बाध्यता नै त्यस्तो थियो- भोलि धरान जानुपर्ने। वर्षाको समय भए पनि पानी उस्तो नपरेका कारण खोला-बाढीको कुनै प्रवाह थिएन।

 मात्र बाटोमा के होला कि भनेर मनमा शंका थियो। , जे पर्ला टर्ला भनेर आफ्नो सामान काखी च्यापेर लखर-लखर बाटो लागें। बन्दले बाटामा उस्तो पैदल यात्री पाउन सकिन। हुन बिहानै भए केही मात्रामा पाइन्थ्यो होला। तर, दिनमा हुइँकिँदै थिए। एघार नम्बरको आफ्नो पाङ्ग्राहरू घिसारेर। बाटाभरि कुनै पैदल साथी पाउन सकिन। यदाकदा मोटरसाइकल हुइँकिन्थे, एम्बुलेन्स आउँथे, जान्थे, तिनको के प्रवाह। मलाई दुई खुट्टाले हिँड्ने जन्तु साथी चाहिन्थ्यो। बाटाभरि रन्थनिँदै दौडिरहें। खुट्टा गलेर, जीउ थाकेर थामिनसक्नु भयो। थकाई मेट्न बस्ने ठाउँ काहीं छैन। यस्तो सुनसान बाटो, त्यसमाथि जमाना राम्रो छैन। मनमा खाली थरिथरिका विवरणहरू उब्जिन्थे, कतिबेला धरान पुग्ने भनेर घिसार्दैछु, त्यो दुश्मनको भारी। मनसँगै जिउलाई लतार्दै। बाटो छेउछाउ घर भएकोमा ढुक्क थिएँ। मन पनि ढुक्क हुन्थ्यो। लखर-लखर लस्किँदै-हल्लिँदै जब सेउती खोला पार गर्ने तरखरमा थिएँ, बीचमा सानो झाडी , पल्लापट्टि मात्र बस्ती बीचमा घुम्ती, त्यो झाडी बाँसको घारी, त्यसमाथि मकैले ढ्याम्म ढाकेको गाउँ। ठीक त्यो झाडीको बीच बाटोमा खाल्डो रै'छ। त्यहाँ धमिलो पानी जमेको थियो। ठीक त्यही ठाउँमा दुई जना मधेशी केटाहरू एकजना बसेको अर्को उभिएको वरैबाट मैले देखें। झट्ट हेर्दा बडा गुण्डा झैं देखिने ती केटाहरू मलाई क्वाक्वार्ती हेरिरा'छन्।

 वाफ रे वाफ, अब फसाद भो, मुटु उफ्रेर छाती छिटिला झैं भैसक्यो। लौन, अब बाँकी राखेनन् मलाई, कराउँ कता कराउँ - फर्किउँ भोलिको जरुरी काम ! हे भगवान रक्षा गर ! मेरो मनले हजारचोटि बिन्ती चढायो, ठानें यी पक्का गुण्डा हुन्। नत्र किन झाडीमा बस्छन् ? फेरि मैमाथि क्वारक्वार्ती हेर्दा छन्। एकछिन अडिएँ, झन् हेरिरा', ला अब झोलाको दुई/चार सय पनि बाँकी रहेन वा मलाई नै चिलिम पारिदिए भने के गर्ने ? उनीहरू मलाई हेर्दै थिए। कोही अन्य साथीहरू पनि थिएनन्। मन आँटिलो बनाएर बाटो काट्ने सुरले विस्तारै पाइला चालें। जब उनीहरूको सामुन्ने पुग्नै लागें, उभिएको चाहिँ केटा भएतिर अघि बढ्यो। मन झनै भक्कानिएर आयो। डर थामिसँध्य भएन। तर पनि आँटिएर बाटो काट्न लागें। तर, उनीहरूले मलाई केही गरेनन्, कट्नासाथ तिनीहरू झाडीभित्र पसिहाले। मलाई लाग्यो- तिनीहरूलाई दिशा-पिसाबले च्यापेको रहेछ शायद। त्यसैले मलाई देखेका कारण उनीहरू रोकिएका रहेछन्।

थकित शरीर च्यापेर धरान पुगें। सडक जाम भएकाले साना ठूला पसलहरू खुले पनि निजी एम्बुलेन्स अनि प्रहरी बलका साधनबाहेक सडकमा अरु सवारी साधनहरू ठप्पै थिए। उस्तो सवारी साधन नभएर सडकमा बढी मात्रामा पैदल यात्रीहरू एकापसमा मीठा वार्तालाप गर्दै सुस्तरी क्रस भएका देखिन्थे। मैले बहिनीहरूको डेरा पक्रनु थियो। मात्र फोनको भरमा। फोन गर्छु चिन्दिन भन्छ। हे भगवान, फसाद भो अब। कसरी पत्ता लगाउने ? धरानसँग अपरिचित नभए पनि सबै घर-घर घुमेर कोठा पत्ता लगाउने काम सहज थिएन। मनमा अमिलिएको चोसो बोकेर बल्ल-बल्ल